बर्रेडाँडा–नौविसे मोटर मार्ग कालोपत्रे

प्रेमनारायण पौडेल/खैरेनीटार । शुक्लागण्डकी नगरपालिका ६ मा बर्रेडाँडा–नौविसे मोटर मार्ग कालोपत्रे गरिएको छ । मोटर मार्गको ३८० मिटर दुरी कालोपत्रे आयोजनाको शुक्रबार नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे ।

पण्डितले कालोपत्रे मार्गको उद्घाटन गर्दै बाँकी काम आउँदो बर्ष सम्पन्न गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले यस क्षेत्रका नागरिकहरुको सुविधाका लागि थ्रिफेज सहितको विद्युतीकरणका लागि समेत पहल गर्ने बताए ।

कार्यक्रममा सोही वडाका वडाध्यक्ष बुद्धिबहादुर थापाले प्राप्त उपलब्धी जनताको सम्पती भएको दावि गर्दै जनताले नै सुरक्षा गर्नुपर्ने बताए । वडाध्यक्ष थापाले वडाका विकासका लागि चुनावको समय गरेका वाचा अनुसार अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

कालोपत्रे उद्घाटन कार्यक्रममा शुक्लागण्डकी नगरपालिका ६ का वडासदस्यहरु भक्तबहादुर राना, कुलकुमार कुमाल, तीनखोले पुजा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारी, खैरेनी तीनखोल मोटर मार्ग समितिका अध्यक्ष बालकुमार वाग्ले लगायतका सहभागि थिए ।

मोटर मार्गका अध्यक्ष केशवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कमला पौडेलले गरेकी थिइन् भने सञ्चालन प्रेमनारायण पौडेलले गरेका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.