अन्नपूर्णकी पहिलो आरोही ब्लुम सहितको टोली मिलेनियम ट्रेकमा

दुलेगौंडा । तनहुँको दुलेगौंडाबाट सुरु हुने मिलेनियम ट्रेकमा स्वदेशी तथा विदेशी पर्यटकहरुको चासो बढ्न थालेको छ । ग्रामिण जनजीवनसँगै प्राकृतिक सम्पदा र जंगली जनावरहरुको अवलोकन गर्न पाईने यो पदयात्रामा अहिले अन्नपूर्ण हिमालको पहिलो आरोही अर्लेन ब्लुम समेतको टोली पदयात्रामा रमाइरहेका छन् । । उनी सात अमेरिकी पर्यटकन सहित २० जनाको टोलीमा पदयात्रा गरिरहेकी छन् ।

सन १९७८ मा पहिलो पटक ८ हजार ९१ मिटरको उचाईमा रहेको अन्नपूर्ण हिमालको सफलता पूर्वक आरोहण गरि उनले पहिलो आरोहीको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएकी थिईन् । वातावरणीय स्वस्थ्य बैज्ञानिक समेत रहेकी ब्लुमको सहभागिताले मिलेनियम ट्रेकमा आउने विदेशी पर्यटकहरुको संख्या बढ्ने अनुमान गरिएको छ ।

तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) हो । सात दिन पदयात्रा गर्ने उनीहरुले तनहुँको दुलेगौंडा, खैरेनीटार, बन्ेकवा, गौँशाला,बाजस्थला,रजस्थल, मगरनास, लामागाँउ, घडेरी सहित मिलेनियम गुफाको अवलोकन गर्नेछन् । यस्तै यो पदयात्रामा पर्ने स्याङ्जा जिल्लाको सालडाँडा हटिया, साँदीखोला, काल्खु, कोल्मकोट घडेरी, खैरीकोट, प्यारसिङ हटिया, ढुंगेठाँटी, राम्चे, चित्रे हुदै पुन तनहुँको राङरुङ, भिमाद पुग्ने उनीहरुलाई सहजीकरण गर्ने काठमाण्डौ स्थित हिमालयन आइसफल ट्रेकिङ कम्पनीका संञ्चालक चन्द्र ईङनाम सुब्बाले जानकारी दिए ।

पदमार्गअन्तर्गतका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिनु यहाँको विशेषता हो । यो पदमार्गमा विश्वका कुनै स्थानमा नपाइने तर नेपालमा मात्र पाइने काँडेभ्याकुर पर्याप्त मात्रामा देख्न सकिन्छ ।

यस पदमार्ग क्षेत्रमा मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेसहित वालिङ नगरपालिका–३ स्थित सिङ्गारकोट, बुढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तलाबारी, भिरकोट नगरपालिका–५ स्थित केघा, शुक्लागण्डकी–१० स्थित रजस्थल, वडा १२ स्थित घरेडीमा घरबास सञ्चालनमा छन् । त्यसैगरी, स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा ११ स्थित राईपुर, वडा १२ का चन्द्रकोट र डाँडागाउँ लगायत स्थानमा घरबास सञ्चालनमा आइसकेका कारण पदयात्री र पर्यटकलाई खानबस्नको कुनै असुविधा नहुने मिलेनियम भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष बालकुमार गुरुङले बताए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.