विदेशिएका नेपालीको समस्या समाधान गर्न लामिछानेको आग्रह

दुलेगौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरुको समस्या सम्भव भएसम्म छिटो समाधान गरिदिन आग्रह गरेका छन् । अहिले मलेसियामा रहेका रास्वपाका सभापति लामिछानेले त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरि दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने बताए ।

लामिछानेले पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहित राजदूत पौडेलसँग भेट गरेका थिए । उनीहरुबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूताबासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।

राजदूत पौडेलले सीमित स्रोत–साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिए । राजदूत पौडेलले सातामा एक दिन (शुक्रबार) फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एकपटक ’मोवाइल एम्बेसी’ अभियान सञ्चालन भइरहेको पनि अवगत गराए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.