तनहुँ भिमादकी सुकु पोखरामा होटलमा मृत फेला

पोखरा । कास्की स्थित पोखराको एउटा होटलमा एक जना युवती मृत भेटिएकी छन् । पोखरा–८, नागढुंगास्थित होटलको कोठामा तनहुँ भीमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत भेटिएकी हुन् । यो घटना मंगलबार दिउँसोको भएको कास्की प्रहरीले जनाएको छ ।

सुकुसँगै एक जना युवक मंगलबार दिउँसो ३ बजे उक्त होटल पुगेका थिए । तर, एक घण्टापछि ‘एटीएमबाट पैसा झिक्छु’ भन्दै ती युवक होटलबाट निस्केको होटल सञ्चालकले प्रहरीलाई प्रारम्भिक जानकारी दिएका छन् ।

युवक फर्केर नआएपछि साँझ सञ्चालक उनीहरू बसेको कोठामा पुगेका थिए । त्यहाँ अचेत देखेपछि प्रहरीलाई खबर प्राप्त भएको र अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । सुकुलाई चरक मेमोरियल अस्पताल लगिएको थियो ।

घटनाबारे अनुसन्धान र सोधपुछ गर्न कास्की प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए । सुकु नागढुंगाकै एउटा रेष्टुरेन्टमा दुई वर्षदेखि काम गरिरहेको खुलेको छ । प्रहरीले सुकुसँगै गएका युवकको खोजी थाले पनि भेटेको छैन ।

होटलले युवकको परिचयपत्र पनि राखेको थिएन । युवकको जानकारी होटलमा नभएको, होटल र आसपास सीसीटीभी नभएकाले केही समस्या भएको एसपी थापाले बताए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.