गृहजिल्ला आएर प्रदिपले भने – काँग्रेसभित्र मेरो आफ्नै गुट छ

दुलेगौंडा । नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य प्रदिप पौडेलले काँग्रेस भित्र आफ्नो छुट्टै गुट रहेको खुलाएका छन् । केही दिन अघि गृह जिल्ला आएको नेता पौडेलले नेता कार्यकर्ताको बाक्लो उपस्थितीका विच काग्रेस भित्र आफ्नो पनि समुह रहेको दावि गरे ।

जिल्ला सभापति तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले जिल्ला भित्रका काँग्रेसका तीन गुट देखिएको बताएका थिए । लगत्तै मन्तव्यका लागि आएको पौडेलले आफ्नो गुट सहित चार समुह रहेको जानकारी दिए ।

उनले चुनाव लड्नका लागि रहरले अन्य क्षेत्रमा नगएको दावि गर्दै गृह जिल्लामा आफ्नो जिम्मेवारी, माया र अधिकार दुवै रहेको बताए । ‘म रहरले काठमाण्डौ रहरले गएको हैन, मैले पार्टीको निर्णय मानेको हुँ ।’ उनले थपे ‘यहाँको जमिन चिनेको, समस्या बुझेर समाधानको पहल गरेको व्यक्तिले यहाँको नेतृत्व गर्न पाएन ।’

उनले भाषणले मात्र गुट अन्त्य हुन नसक्ने बताउदै काँग्रेस भित्र गुटलाई मलजल गर्ने प्रवृति रहको समेत बताए ।

 

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.