ग्राउण्ड लेवलमा ‘जनतासँग माओवादी अभियान’

दुलेगौडा । जनतासँगको सम्वन्ध विस्तार गर्नुका साथै पार्टीको लोकप्रियता बढाउनका लागि नेकपा माओबादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी अभियान’ ग्राउण्ड लेवलमा पुग्न थालेको छ । पार्टीले सञ्चालको अभियान शनिबारबाट तनहुँको विभिन्न वडाहरुमा पुगेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरु अहिले जनतासामु पुगीसकेको नेकपा माओबादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका सहसचिव सुमन आले मगरले जानकारी दिए ।

पार्टीको तीन महिने कार्यक्रम शनिबारदेखि सुरु भएको हो । तनहुँका दशवटै तहका ८५ वडामा अभियान सुरु भएको छ । दश वटा पालिकामा केन्द्रीय सदस्य र वडाहरुमा जिल्ला स्तरीय नेतालाई जिम्मा दिइएका छ ।अभियान अन्तर्गत तनहुँका पालिकामा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिइएको छ । नेकपा (माओवादी) केन्द्र तनहुँ जिल्ला समन्वय समितिको हालैसम्पन्न बैठकले जिल्लाका दश वटै पालिकामा अभियान सञ्चालन गर्नका लागि केन्द्रीय सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो ।

सोही बमोजिम सबै पालिकामा केन्द्रीय सदस्य परिचालन भइसकेको माओवादी केन्द्र तनहुँका संयोजक ओमराज आलेले जानकारी दिए । अभियान अन्तर्गत सबै पालिकाका वडा तहसम्मै बैठक, भेला सम्पन्न भएर अभियानका बारेमा पूर्व जानकारी गराइएको उनको भनाइ छ । अभियानमार्फत् जिल्लाका सबै पालिकाका ८५ वटै वडामा जनतामाझ पुग्ने कार्यक्रम रहेको आलेले जानकारी दिए ।

अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण/विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिने छ ।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवा भेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया गरिनेछ । तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्र्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धता एवं टोल सभा गरिने माओवादी केन्द्रले जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.