“धेरै कुरा सिकेर जादैछु” – न्यौपाने

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेको सरुवा भएको छ । दुई बर्ष अघि कार्यकाल सम्हाल्न शुक्लागण्डकी नगरपालिकामा आएका न्यौपानेलाई नगरपालिकाले बुधबार विदाई गरेको छ । नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक(राजु) सहित वडाध्यक्ष र कर्मचारीहरुलाई न्यौपानेलाई विदाई गरेको हुन् ।

विदाईका क्रममा बोल्दै न्यौपानेले शुक्लागण्डकी नगरपालिकाको कार्यकाल सफल भएको दावि गरे । उनले नगरपालिकाबाट प्रवाह हुने सेवालाई सहज बनाउन आफुले प्रयास गरेको जानकारी दिदै यो कार्यकालमा धेरै कुरा सिक्न पाएको बताए । ‘मैले यहाँबाट धेरै कुरा सिक्न पाएको छु, कर्मचारी जीवनमा सवैभन्दा धेरै समय सेवा गर्न पाएको पनि यहाँ नै रहेछ सवैलाई धन्यवाद ।’ उनले भने,‘फेरी तनहुँमा कुनै न कुनै रुपले सेवा गर्ने अवसर पाईयोस् ।’

उनले विदाईका लागि नगरपालिकाका पहिलो मेयर किसान गुरुङ्ग सहित जनप्रतिनिधीहरु समेत सहभागि भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपाने गृहमन्त्रालयमा सरुवा भएका छन् भने शुक्लागण्डकी नगरपालिकामा लमजुङको मध्ये नेपाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे आउने भएका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.