भ्रष्टाचारलाई जरैदेखि उखेल्छौ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सार्वजनिक निकायहरूमा डिजिटल गभर्नेन्सको प्रयोग बढाउनुपर्ने र सूचनाको हकलाई आम जनतामा पुर्‍याई भ्रष्टाचार नियन्त्रण गर्न महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सूचना आयोगले काठमाडौँमा आज आयोजना गरेको १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले कानुन कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जबाफदेही बनाउनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले सरकार देशको समृद्धि र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक अघि बढेको भन्नुहुँदै भष्टाचारजस्तो जघन्य अपराधलाई जरैदेखि उखेलेर सुशासन कायम गर्ने कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए।

प्रधानमन्त्री प्रचण्डले सूचनाको हक सम्बन्धी कानुन लागू भएको लामो समय हुँदा पनि जनतासँग प्रत्यक्ष जोडिएका आम सरोकारका विषयमा अधिकांश निकायका सूचना प्रवाहको अवस्था कमजोर देखिएको बताए। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक पदाधिकारीहरूको काम कारबाहीबारे जनताले निगरानी बढाई भ्रष्टाचार नियन्त्रण गर्न सबैको ध्यान जान जरुरी रहेको बताए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.