दुई बर्षपछि खुलाईन् माल्भिकाले डिभोर्ष हुनुको कारण

पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन् । अभिनेत्री प्रियंका कार्कीको ‘द फोर्थ ट्राइमेस्टर’ नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि नै श्रीमानसँग सम्बन्ध विच्छेद गरेको बताएकी हुन् ।

आफ्नो छोरा दुई वर्षको हुँदा घर छाडेको बताउँदै उनले कार्यक्रममा भनेकी छन्, ’मेरो विवाह बिग्रिसकेपछि त्यो घर छाडेर जाँदासम्म हाम्रो सम्बन्ध एकदमै राम्रो थिएन । हामी एक–अर्कासँग बोल्न पनि सक्दैन थियौं । हामी जहिल्यै झगडा गर्थ्यौं । तर बाबु कोठामा हुँदैन थियो वा नजिक हुँदैनथ्यो । ऊ धेरै नै सानो थियो । छोरा दुई वर्षको हुँदा मैले घर छोडेँ । मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ । मेरो परिवारले मलाई समर्थन गर्नुभएन । अहिले ठिक छ । त्यो समर्थन लिन पनि मलाई तीन–चार वर्ष लाग्यो ।’

उनले घर छाडेको ४ वर्षपछि सम्बन्ध विच्छेद गरेको बताइन् । ‘मैले सम्बन्ध विच्छेद गर्दा केही लिइनँ । मलाई केही चाहिँदैन, बच्चाको लागि मात्र हेरिदेऊ भनेँ । हामीले समझदारीमै छोराको को–कस्टडी गर्ने निर्णय लियौं । सम्बन्ध विच्छेद गरेर पछुताएको होइन तर त्यति बेला मैले रित्तो महसुस गरेँ,’ उनले भनिन् ।

श्रीमानसँग सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुबा र परिवारबाट कहिल्यै पनि नछुट्ट्याउने आफ्नो सोच रहेको उनले बताइन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.