‘ह्वाट द फ्लप’सधैको लागि बन्द

काठमाडौं । हास्यकलाका सन्दिप क्षेत्रिले सञ्चालन गर्दै आएको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द गरिएको छ । दुई हप्ताअ अघि बलात्कार अभियोगमा सफाई पाएका नायक पल शाहसँगको अन्तरवार्ता विवादित बनेपछि असन्तुष्ट रहेको ब्यवस्थापन समुहले उक्त कार्यक्रम बन्द गर्ने निर्णय गरेको हो ।

टेलिभिजनले सामाजिक सञ्जालमा एक सूचना राख्दै सो जानकारी दिएको हो । सो कार्यक्रमको आठौँ एपिसोडमा अभिनेता पल शाहसँगको अन्तरवार्ता प्रशारण गरिएको थियो । उक्त अन्तरवार्तामा सन्दीप र पलको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि उक्त एपिसोड युट्यूबबाट हटाइएको थियो । अहिले आएर कान्तिपुर टिभीले ह्वाट द फ्लप नै बन्द गर्ने निर्णय लिएको छ ।

कान्तिपुरले भनेको छ, ‘महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौँ । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौँ । ’

पल शाहको अन्तरवार्तापछि थप एउटा एपिसोड प्रशारण भएको थियो । उक्त एपिसोडमा सन्दीपले दुई हास्यकलाकार राजाराम पौडेल र किरण केसीलाई निम्त्याएका थिए । तर, अघिल्लो एपिसोडमा प्रशारित कार्यक्रमका विषयमा स्पष्ट आत्मालोचना नगरेपछि कान्तिपुर व्यवस्थापन सन्दीपसँग असन्तुष्ट बनेको बुझिएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.