तनहुँका शरदलाई उत्कृष्ट मोडेलको अवार्ड

काठमाडौं । तनहुँका शरद लामगादे (शरद एलजी) ले उत्कृष्ट मोडेलको अवार्ड जितेका छन् । शुक्लागण्डकी नगरपालिका १२ का लामगादे अहिले काठमाण्डौँलाई कर्मथलो बनाएर विभिन्न गित संगितमा माडलिङ गर्दै आएका छन् । पछिल्लो पुस्ताको लोकप्रिय मोडल लाम्गादे ले सर्वोत्कृष्ट लोक दोहोरी मोडेल तर्फको अवार्ड हात पारेका हुन् ।

गत शनिबार राजधानीमा आयोजित दोस्रो काब्या म्युजिक अवार्ड द्दण्डण् को कार्यक्रममा उनले सर्वोत्कृष्ट लोकदोहोरी मोडेल अवार्ड पाएका हुन् । उनीसँगै विभिन्न मोडलहरु अवार्डको नोमिनेशनमा परेको भए पनि प्रतिस्पर्धी अन्य मोडलहरुलाई पछि पार्दै उनले माया रैनछ लोक दोहोरी गित बाट अवार्ड हात पार्न सफल भए । नेपाली लोक दोहोरी क्षेत्रमा उनको आफ्नै पहिचान स्थापित भएको छ ।

उनले चल्यो बतास ,राजारानी , दमाइको छोरो , चोली मैलै भो , कति बस्नी रोई , न काली न गोरि , मार्सी धानको खिर , मत गाउँले ठिठो , सुर्ती च्यापेर , मनमा पिर , ज्यानले मन पराईछ, सिमसिमे पानी , रुमालै सम्झना , के गरि बिर्सुला , इत्यादी नामक लोक दोहोरीगितहरुमा अभिनय गरेका छ्न भने हाल तिज गित हरुमा छायाँछायाँकन भइरहेको छ ।

उनले सर्वोत्कृष्ट लोक दोहोरी मोडल अवार्ड पाएको गित अर्जुन सापकोटा युटुब च्यानेल बाट बजार मा आएको छ। चर्चित गायक अर्जुन सापकोटा र गायिका खुस्बु सुनार को आवजमा रहेको यस गितमा नारायणी खत्री सग सरदको जोडी जमेको छ यस गितको निर्देशन भने बिक्रम चौहानले गरेका हुन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.