प्रेमराजा सहित आठ कलाकारलाई ‘सम्मानार्थ सदस्यता’ प्रदान

दुलेगौंडा । तनहुँका प्रेमराजा महत सहित आठ जना गायक–गायिकालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । लोक तथा दोहोरी गित क्षेत्रमा विशिष्ट योगदान पु¥याएका उनीहरुलाई प्रतिष्ठानले सम्मान सहित ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको जनाइएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै प्रतिष्ठानले सम्मानसहित सदस्यता प्रदान गरेको हो । सदस्यता प्राप्त गर्नेमा नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल छन् ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रजको सम्मान बुवाआमा र भगवानको सम्मान भएको बताइन् । कार्यक्रममा लोक तथा दोहोरीगीत प्रतिष्ठानका थुप्रै सदस्यहरूको उपस्थिति रहेको थियो ।

लोकस्रष्टालाई ’सम्मानार्थ सदस्यता’ वितरण निर्णय प्रतिष्ठानले केही समयअघि कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले गरेको थियो । सो बैठकमा प्रतिष्ठानले संगीतकार नारायण रायमाझीको ’सांगीतिक साँझ’ समेत आयोजना गर्ने निर्णय गरेको थियो । रायमाझीको सांगीतिक साँझ आगामी भदौ महिनामा आयोजना हुनेछ ।

सम्मानित भएका आठ मध्ये प्रेमराजा महत तनहुँको ढोरफिर्दीमा जम्मिएका हुन् । गायक कलामा पोख्न रहेको उनी लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएता पनि सांगितिक क्षेत्रमा सक्रिय छन् । पछिल्ला केही बर्षदेखि उनले दर्शक स्रोता माझ गितसँगित सार्वजनिक गरेर मनोरञ्जन दिईरहेका छन् ।

एक समयका बहुचर्चित कलाकारको अग्रपंतीमा आउने महतको पानको पात, बाँझो खेतमा, सिमसिमे पानीमा, हिउँचुलीमा हिउँ, हे नानी गाजले सहित पछिल्लो समयमा बन्दिपुरैमा गित हिट रहेको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.