विश्वकर्माको ‘झुमा’ सार्वजनिक

तनहुँ । नेपाली समुदायमा व्याप्त रहेको कुरितीलाई हटाउनुपर्ने सन्देश सहित तनहुँका बसन्त विश्वकर्माले ‘झुमा’ बोलको गित सार्वजनिक गरेका छन् । सञ्चारकर्म हुदै गित संगित क्षेत्रमा अब्वल गायकको परिचय बनाएका विश्वकर्माले ‘झुमा’ गित मार्फत सुदुर पश्चित क्षेत्रको ‘काटाबच्छे’ सस्कृतिको उजागर गरेका छन् ।

बाध्यतामा विहे गर्नुपरेको पिडा र परस्त्रीसँगको सम्वन्धका कारण जीवनमा आईपर्ने समस्या गित मार्फत देखाइएको छ । गितमा गायक विश्वकर्मालाई अहिलेकी चर्चित गायिका शान्ति श्री परियारले गाउनमा साथ दिएकी छन् । गितको भिडियोमा विश्वकर्मासँगै सनिशा भट्टराई र टिकटकर जुना विश्वकर्माको कुशल अभिनय देख्न सकिन्छ ।

केही समय अघि मात्र ‘साईली’ बोलको गित मार्फत दर्शक स्रोताको वाहवाही पाएका गायक विश्वकर्माले आफ्नै युट्युव च्यालन मार्फत सोमबार ‘झुमा’ सार्वजनिक गरेका हुन् । प्रत्यक्ष दोहोरीमा समेत पोख्त रहेका उनको रेलिमै, भन के गरौँ, भागुम मायालु, कुखुराको भाले लगायतका गित चर्चित छन् ।

भिडियो :

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.