प्रेमराज महतको ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक

दुलेगौडा । तनहुँमा जन्मिएर हाल अमेरिका बस्दै आएका वरिष्ठ लोकगायक प्रेमराज महतको नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ । उनकै शब्द तथा सङ्गीत रहेको उनलाई स्वरमा गायिका शान्तिश्री परियारल पनि साथ दिएकी छन् ।

गीतको भिडियो भने जुम्लाका विकट पहाडी क्षेत्रमा भएको छ । भिडियोमा गायक महतसँग रीना थापा मगरले अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको भिडियोका छायांकार मानकृष्ण महर्जन हुन् ।

रिमा फिल्मस्ले निर्माण गरेको भिडियो सम्पादन मिराज अर्यालले गरेका हुन् । गीतको भिडियो अशिस भण्डारी, सदीक्षा महत भण्डारी, गीर्वाण विक्रम भण्डारी र गौरिका भण्डारी हुन् ।
गायक महत नेपाली सांगितिक क्षेत्रमा अत्याधिक चर्चा कमाएकै समय अमेरिका पलायन भएका थिए । लामो समयदेखि अमेरिकामा बस्दै आएपनि नेपाल आउदैपिच्छे गित सार्वजनिक गर्ने उनले यस अघि पनि दुई चर्चित गित सार्वजनिक गरेका थिए । बन्दिपुरैमा र ढुँगेधारैको गित केही समयदेखि चर्चामा छन् । उनले पछिल्ला समय सार्वजनिक गर्ने गित माया प्रेम सँगै नेपालका पर्यटकीय क्षेत्रलाई समेत चिनाउने प्रकृतिका रहेका छन् ।

भिडियो :

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.