शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

काठमाडौं । एट्ली निर्देशित शाहरुख खान अभिनित फिल्म ‘जवान’ घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ ।

रिलिज नजिकिंदै गर्दा ‘जवान’ अब पूर्वनिर्धारित जुन २९ को मितिमा प्रदर्शनमा नआउने भएको छ । बलिउड हंगामाका अनुसार फिल्म रिलिजमा ढिलाइ हुने भएको छ । अब यो फिल्म अगस्ट २५ अर्थात् भदौ ८ गते प्रदर्शनमा आउनेछ । भीएफएक्सका कारण फिल्ममा ढिलाइ भएको जनाइएको छ ।

शाहरुख स्टारर ‘पठान’ विश्वव्यापी हिट भएपछि उनको आगामी फिल्म जवानलाई लिएर व्यापक पर्खाइ छ । पठानले नेपालमा १३ करोड रुपैयाँ ग्रस कमाइ गरेको विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.