रियासा र भिक्टोरले गरे विवाह

नेपाली रंगक्षेत्रमा लोकप्रियता कमाएकी हास्य कलाकार तथा मोडेल रियासा दाहाल र सञ्चारकर्मी भिक्टोर पौडेल विवाह बन्धनमा बाधिएका छन् ।

दाहाल र पौडेलले लामो समयको प्रेमलाई औपचारिकता दिदै बुधबार लगनगाँठो कसेका हुन् । पौडेल रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेज मार्फतमा सक्रिय रहेका छन् । यता दाहाल भने ‘गाह्रो छ हो’ टेलिसिरियल मार्फत दर्शक माझ लोकप्रिय रहेकी छन् । बाग्लुङका पौडेल र काठमाण्डौँकी दाहालले सामाजिक परम्परा अनुसार काठमाण्डौँ विवाह गरेको हुन् ।

तनहुँको दुलेगौडा स्थित बालविद्या मन्दिर माविमा अध्ययन गरि उच्च शिक्षाका लागि काठमाण्डौँ पुगेका पौडेल रुटिन अफ नेपाल बन्द सञ्चालन गरेपछि चर्चामा आएका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.