गञ्जागोल तार, कुरुप बन्दै बजार

अशोक विश्वकर्मा / दुलेगौँडा । देशका अधिकाँश शहरका बिजुली पोलमा देखिने गन्जागोल तारलाई भूमिगत गर्न नसक्दा शहर बजारको सौन्दर्यमा असर परिरहेको छ । तनहुँका अधिकाँश बजारमा निजि सेवा प्रदायक नेट तथा केवल सञ्चालकहरुले अनुमति विना नै अब्यवस्थित रुपमा ताल टाग्ने गरिरहेका छन् । दुलेगौँडा बजारका पोलहरुमा समेत यस्ता कम्पनीहरुको तार यत्रतत्र देख्न सकिन्छ ।

गञ्जागोल तारका कारण बजार अस्तब्यस्त त देखिन्छ नै दुर्घटना समेत बढ्ने दुलेगौडाका भरत लामगादेको भनाई छ । लामगादेले पोलहरुमा आवश्यक भन्दा बढी तारले दुर्घटना निम्त्याउनुका साथै भद्रगोल देखिएकाले ब्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले सम्वन्धित सरोकारवालाले भद्रगोल नहुने गरि तार राख्दा हुने भएता पनि तारको थुप्रो नै प्रत्येक पोलमा राखिदिदा विद्युत सर्ट भएर आगलागी भए समस्या थपिनसक्ने बताए ।

अहिले शुक्लागण्डकी नगरपालिका र आसपासको क्षेत्रमा सेवा दिनका लागि मात्र १२ वटा ईन्टरनेट कम्पनीहरु खुलेका छन् । केवल र ईन्टरनेट लगायतका सुविधा दिन विद्युत प्राधिकरणको मातहतमा रहेको पोलहरु उनीहरुले निस्फिक्री रुपमा प्रयोग गरेको पाईन्छ । पोल प्रयोग गरेबापत तोकिएको रकम तिर्नुपर्ने भएता पनि गत पाँच बर्षदेखी यस्ता कम्पनीहरुले रकम नबुझाएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख अमृतबाबु अधिकारीले जानकारी दिए । अधिकारीले पोल प्रयोग गरेवापत तिर्नुपर्ने रकम महंगो भएको बहानामा भुक्तानी रोकिएको बताए । उनले पोल प्रयोग वापतको रकम उपलब्ध गराउन ताकेता गरेता पनि अटेरी गरिरहेकाले अनुगमन गरेर अशुली गर्ने तयारी भईरहेको जनाएका छन् ।

केन्द्रका अनुसार केही कम्पनीहरुले रकम उपलब्ध गराउने स्वघोषणा गरेका छन् भने केहीले रकम जम्मा गर्न थालेका छन् । पोल प्रयोग गर्ने कम्पनीले बार्षिक रुपमा दुई लाख पचास हजारदेखि चारसम्म तिर्दै आएका थिए । प्राधिकरणले प्रतिपोल भाडा रकममा बृद्धि गरेपछि ब्यवसायीक प्रतिष्ठानले बढाएको मुल्य घटाउनुपर्ने माग गर्दै आएका छन् ।

यता बजारको सुन्दरता बढाउन विभिन्न कार्यक्रमहरु गर्दै आएको शुक्लागण्डकी नगरपालिकाले भने पोल तर्फ ध्यान पु¥याएको छैन । राजमार्ग हरियालीदेखि सोलार विद्युत जडानसम्मका कार्यक्रम गरेको नगरपालिकाले गन्जागोल तार ब्यवस्थापन गर्ने सोच बनाएको भएतापनि सडक विस्तार योजना अघि बढेकाले कार्यन्वयन नगरिएको नगर प्रमुख कृष्णराज पण्डितको भनाई छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.