घरमा ट्रक ठोक्कियो, तीन जना गम्भिर घाईते

बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोला नजिकै घरमा मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको छ । ट्रकलेघरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

ना४ख १९७३ नम्बरको ट्रकले विद्यार्थीहरू बसेको घरमा गएर ठक्कर दिएको थियो । दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल घाइते भएका छन् ।

अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ ।

तस्वीर : डिपी अधिकारीको फेसबुकबाट 

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.