लमजुङ जादै गरेको बस दुर्घटना, १५ जना घाईते

दुलेगौंडा । लमजुङ जादै गरेका बस शुक्रबार दिउँसो तनहुँमा दुर्घटना हुदाँ १५ जना घाईते भएका छन् ।

जिल्लाको व्यास नगरपालिका वडा नं. १० परेवा डाँडा स्थित दमौली भोर्लेटार भित्री सडक खण्डमा दमौली तर्फबाट लमजुङ कुन्छा तर्फ जादै गरेको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीले दिएको जानकारी अनुसार ना ६ ख ५४७९ नं. को बस अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्न खसेको थियो ।

बस दुर्घटनामा परि घाईते भएका १५ जनाको अहिले दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेहरुमा ब्यास नगरपालिका ५ की २१ बर्षीय अन्जना थापा ब्यास नगरपालिका १० की बर्ष ४५ बर्षीय शान्ती सुनार सोही वडाकी ३६ बर्षीय ईन्द्रकला आचार्य, ब्यास ८ की ५५ बर्षीय सिता पौडेल र सोही वडाकी ४५ बर्षीय सावित्री पौडेल, ५ बर्षकी युविषा पौडेल रहेकी छन् ।

यस्तै तनहुँ जिल्ला भानु नगरपालिका ११ का ५३ बर्षका याम ब.गुरुङ र सोही वडाका ६३ बर्षीय मिनबहादुर गुरुङ, नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका ९ का ५५ बर्षीय सन्तलाल रजवाल, कास्की रुपा गाउँपालिका ३ की २२ बर्षीय निशा खत्री भुजेल, सोही वडाकी २ बर्षीय दिब्यान्सी भुजेल, ब्यास नगरपालिका ७ का ५४ बर्षीय अर्जुन थापा, सोही नगरपालिका १० की ४७ बर्षकी पार्वती बि.क, वडा नम्वर ९ का ४५ बर्षीय सुक ब.गुरुङ समेत घाईते भएका छन् ।

दुर्घटनामा सहचालक समेत रहेका लम्जुङ मध्य नेपाल नगरपालिका १ का १८ बर्षीय बिकास पनि घाईते भएको जनाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.