सडकको मापदण्ड घरभित्रै, स्थानीय आतंकित

अशोक विश्वकर्मा/दुलेगौंडा । पृथ्वीराज मार्ग विस्तारको क्रममा छ । अहिले पोखरदेखि मुग्लिनसम्मको सडक विस्तार दुई खण्डमा विभाजन गरि काम भईरहेको छ । पश्चिम तर्फको शुक्लागण्डकी नगरपालिका खण्डमा राजमार्ग विस्तार गर्दा निर्धारित मापदण्ड पालना नभएको भन्दै बुधबार नगरबासीले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । हाल रेखाङ्कन भएको मापदण्डले स्थानीयको घर संरचना उठिबास हुने भन्दै उनीहरु घरबास जोगाइदिन भन्दै नगरपालिका पुगेका हुन् ।

विशेषत नगरपालिका अन्तर्गत दुलेगौडा र बेलचातौराका स्थानीयहरु पूर्व निर्धारित मापदण्ड स्वीकार गर्ने र खानेपानी, विद्युतका पोल लगायतका विषय देखाएर संरचना मास्न तयार नहुने भन्दै नगरपालिका पुगेका हुन् । उनीहरुले नगर प्रमुख कृष्णराज पण्डित समक्ष पूर्व निर्धारित मापदण्ड अनुसार सडक विस्तारको काम अगाडी बढाउन निर्माण पक्षलाई निर्देशन दिनुपर्ने बताए ।

स्थानीयहरुको प्रतिनिधित्व गर्दै नगरपालिका पुगेका मोतिप्रसाद पौडेलले सडकको पूर्व निर्धारित मध्यविन्दुको वेवास्ता गरि काम गर्दा स्थानीय मर्कामा परेको गुनासो गर्नुभयो । ‘सेन्ट्रल पोइन्ट भन्दा दायाँ बायाँ भएर काम भएको छ, एकातिरकालाई मर्का पर्ने अर्का तिरकालाई फाईदा हुने देखियो ।’ पौडेलले भन्नुभयो ‘विद्युतीय पोल, तार, बर्खायाममा नालाको पानी व्यवस्थापन गर्ने विषयमा नगरपालिकाले चासो दिनुप¥यो ।’

स्थानीय प्रकाश थापाले ७५ फुट कायम गरिएता पनि नापि एकनास नभएको जानकारी दिनुभयो । ‘कसैका आँगन सम्म नापिएको छ, कसैका घरभित्र माण्दण्ड पगेको छ ।’ उहााले भन्नुभयो ‘मिडपोइन्ट कहाँ हो कहाँबाट नाप्ने एकिन नहुदा स्थानीयलाई समस्या भयो ।’

नगरपालिका पुगेका दुलेगौडाका, नारायण कुमार श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, सुर्यबहादुर बानियाँ लगायतले नगरपालिकाले पूर्व निर्धारित मध्यविन्दु पत्ता लगाएर सोही आधारमा काम अगाडी बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले पूर्वाधारका लागि छोडेको ८२ फुटको मापदण्ड भित्र सडक खानेपानी, लगायतलाई सिमित गर्न माग गर्नभएको थियो ।

स्थानीयको माग सुनुवाई गर्दै नगर प्रमुख कृष्णराज पण्डित आयोजना निर्माण पक्षलाई नागरिकको समस्या जानकारी गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्माण पक्षले डिजाईन नै परिवर्तन गर्नुपर्ने गरि विरोध नगर्न स्थानीयलाई आग्रह समेत गर्नुभयो । ‘हामीले स–साना विषय देखाएर विरोध गर्दा काम समयमा नहुने समस्या हुन सक्छ, हामी दुई सिफ्टमा काम गराएर भएपनि छिटो सम्पन्न गरेर वर्तमानको समस्या समधान गर्न लागेका छौँ ।’ नगर प्रमुख पण्डितले भन्नुभयो ।

सो अवसरमा नागरिकहरुलाई सडक निर्माणको मापदण्ड र डिजाईन सहितको बन्ने संरचनाका बारेमा प्राविधिक तारापति भट्टराईले जानकारी दिनुभएको थियो ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.