व्यास काण्ड बाहिर ल्याए वापत पत्रकार खनाललाई सम्मान

दुलेगौंडा । तनहुँको दुलेगौंडाबाट प्रसारित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जले पत्रकार विकास खनाल सहित साहित्य र समाज सेवा गरि तीन विधामा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको छ । एफ.एम.का तत्कालिन अध्यक्ष स्व.पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पूर्ण स्मृति अक्षय कोष मार्फत सोमबार पत्रकार खनाल सहित साहित्यकार सागर उदास र समाजसेवि नन्दु थापालाई सम्मान गरिएको हो ।

एफ.एम.का संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले पत्रकार खनाललाई व्यास नगरपालिकाको नगर सभामा जनप्रतिनिधीले मदिरा सहितको भोज गरेको विषय पत्रकारिता मार्फत बाहिर ल्याए बापत सम्मान गरिएको बताए । खोजमुलकका साथै जोखिमपूर्ण पत्रकारिता गर्ने तनहुँका एक साहसी पत्रकारलाई बर्षेनी सम्मान गरिने जानकारी दिदै पुरस्कृत व्यक्ति छनौट समितिका संयोजक समेत रहेका श्रेष्ठले खनालले जोखिम मोलेर उक्त भिडियो बाहिर ल्याएको भन्दै प्रशंसा समेत गर्न भ्याए ।

यस्तै लामो समयदेखि साहित्य विधामा सक्रिय रहेका गितकार उदासलाई नेपाली साहित्य क्षेत्रमा जिल्लाबाट योगदान पु¥याए बापत सम्मान गरिएको समितिका सदस्य तथा साहित्यकार आनन्द सुन्दर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले उदासका दर्जनौ सिर्जनाहरुको जानकारी दिदै शुक्ला र ब्यासको साहित्यीक सम्वन्ध समेत विस्तार भएको दावि गरे ।

सम्मान कार्यक्रममा समाजसेवी नन्दु थापा समेत सम्मानित भए । थापा शुक्लागण्डकी नगरपालिकाको ग्रामिण क्षेत्र दगाममा रहेर शिक्षा, कृषि र पर्यटन क्षेत्रका विकास गर्न सक्रिय रहेका छन् । उनले मौरीपालन, खानेपानीको सुविधा र होमस्टे सञ्चालनमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

एम.एम.को आठौँ बार्षिक साधारण सभाको अवसरमा प्रदान गरिएको पुरस्कार स्वरुप क्रमश पत्रकार खनालले नगद १० हजार, साहित्यकार उदासले १० हजार र समाजसेवि थापाले नगद पाँच हजार सहित दोसल्ला र प्रमाण प्राप्त गरे ।

उक्त पुरस्कार गण्डकी प्रदेशका प्रदेश सभा सदस्य श्यामराजा महतको उपस्थितीमा प्रदान गरिएको एफ.एम.का स्टेशन म्यानेजर राजन उपाध्यायले जानकारी दिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.