शुक्लागण्डकीमा ३८ जनालाई मेलमिलापको तालिम

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले यहाँका ३८ जना नगरबासीलाई न्यायिक प्रक्रियामा मध्यस्थता गराउने उदेश्यले तालिम प्रदान गरेको छ । नागरिकको विवाद स्थानीय तहमा नै समाधान गराउने गरि दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकाले बर्षेनी तालिम दिदै आएको छ ।


एक हप्तासम्म दुलेगौडामा आयोजना गरिएको तालिमको शनिबार समापन गर्दै नगर प्रमुख कृष्णराज पण्डितले अन्यायमा परेका नागरिकहरुलाई न्यायको अनुभूति हुने गरि उत्पन्न विवाद समाधान गर्नुपर्ने बताए । उनले तालिमलाई व्यवहारमा लागु गर्न सके समाजलाई सकरात्मक दिशामा अग्रसर गराउन सकिने दावि गरे ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले नगरको विकास गर्न तालिम प्रभावकारी हुने विस्वास ब्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष समेत रहेको नगरपालिकाका उप प्रमुख खुमबहादुर विक राजुले नगर क्षेत्रमा रहेको विज्ञहरुको पहिचान गर्ने र ज्ञान, सिप, क्षमता भएकाहरुलाई अवसर प्रदान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए । उनले जनप्रतिनिधीले गर्ने सकरात्मक कामलाई समेत नकरात्मक रुपमा प्रचार गर्ने, वदनाम गराउन खोज्नेहरु सक्रिय रहेको भन्दै पहिचान गरेर आवश्यक सुझाव दिन तालिममा सहभागिहरुले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाले उत्पादनलाई जोड दिइरहेको जनाउनै नगरपालिकाको अभियानमा सहभागि हुनसमेत आग्रह गरे ।

तालिममा सहभागि भएको पर्शुराम भण्डारीले नगरपालिकाले नामको लागि मात्र तालिम सञ्चालन गर्न बन्द गर्नुपर्ने बताए । उनले तालिम पश्चातको उपलब्धी समेत खोज्नुपर्ने भन्दै बर्षेनी नगरपालिकाले तालिम दिने तर परिणाम नआउने समस्या रहेको बताए । उनले नगरपालिकाले हालसम्म दुई सय बढीले न्याय सम्पादन सम्वन्धित तालिम दिएको भएता पनि नगरपालिका अझै यस्ता तालिममा अल्झिरहेको र प्रभावकारी अनुगमन गर्नबाट चुकेको बताएका थिए ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.