तनहुँमा अरिङ्गालले चिलेर एकको मृत्यु, एक घाइते

भानु । तनहुँमा अरिङ्गालले चिल्दा घाइते भएका दुई मध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको भानु नगरपालिका ७ रम्गाटारमा आइतबार राति अरिङ्गाल पोल्न गएका राजकुमार तामाङ र धनबहादुर तामाङलाई अरिङ्गालले चिलेर गम्भिर घाइते भएका थिए । उनिहरुलाई जिल्लाकै डुम्रे स्थित लक्ष्मि अस्पतालमा सामान्य उपचार गरेर थप उपचारको लागि चितवन मेडिकल कलेज लगिएको तनहुँ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँडले उपचारको क्रममा घाइते मध्येका ३२ वर्षीय राजकुमार तामाङको सोमबार बिहान मृत्यु भएको जानकारी दिए । अर्का घाइते धनबहादुरको उपचार भैरहेको उनले बताए ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.