शुक्लागण्डकी महोत्सवको हिसाव सार्वजनिक, ११ लाख बढी नाफा

दुलेगौँडा । गत फागुनमा खैरेनीटारमा सञ्चालन भएको शुक्लागण्डकी महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा गत फागुन १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको महोत्सवको हिसाव आयोजकले मंगलबार सार्वजनिक गरेको हो ।

संस्कृतिको संरक्षण, स्थानीय पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथै स्थानीय उत्पादनको प्रर्दशनी र विक्री गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवका आयव्यय तीनखोलेदेवि मन्दिर परिसरमा कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो । कार्यक्रममा महोत्सवका आर्थिक संयोजक तथा संघका कोषाध्यक्ष विनोदकुमार मल्लले ११ लाख १२ हजार ३ रुपैयाँ नाफा भएको जानकारी दिए । उनले महोत्सव मार्फत ६१ लाख ६७ हजार ७ सय ६६ रुपैया आम्दानी भएको र ५० लाख ५५ हजार ७ सय ६२ रुपैयाँ खर्च भएको जानकारी दिए ।

महोत्सवका मुल संयोजक तथा संघका सभापति विमलप्रसाद रिमालले समग्रमा महोत्सवमा सफल भएको भन्दै आगामी महोत्सवलाई अझै प्रभावकारी बनाउन प्रयत्न गरिने बताए । उनले महोत्सव सफल पार्न सहयोग गरेको भन्दै सवै उपसमितिका संयोजकहरुलाई धन्यवाद दिए ।
कार्यक्रमका प्रमुख अतिथी तथा शुक्लागण्डकी नगरपालिका – ६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सहयोग गरेको भन्दै आफ्नो वडाका पर्यटकीय क्षेत्रका प्रचारमा महोत्सवले टेवा पु¥याएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा महोत्सवका निर्देशक समुन्द्रराम श्रेष्ठ, प्रवक्ता सुजित हिराचन, महासचिव उपेन्द्र तिमिल्सेना लगायतले बोलेका थिए । उनीहरुले आगामी महोत्सवलाई सफल बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.