तनहुँमा सवारी दुर्घटना : तीन गम्भिर सहित पाँच जना घाईते

भानु । तनहुँमा भानु नगरपालिका ९ बडहरेमा कार र बस आसपमा ठोक्किदा पाँच जना घाईते भएको छन् ।

डुम्रे–वेशिसहर सडक खण्डमा शनिबार दिउँसो भएको दुर्घटनामा घाईते भएको मध्ये तीन जनाको अवस्था गम्भिर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी समेत रहेका प्रहरी नावय उपरिक्षक मोहनबहादुर खाँणमा अनुसार हेटौडा उपमहानगरपालिका १४ का ४१ बर्षीय रञ्जन राना, ६५ बर्षका झम्क गौतम र ५० बर्षका मधुकर कार्कीको अवस्था चिन्ताजनक रहेको छ । यस्तै दुर्घटनामा परी सोही ठेगानाका ३४ बर्षका विवेक गौतम (मध्यम) र कार चालक ३९ बर्षका ललितमान रुम्वा(सामान्य) घाईते भएका छन् । उनीहरुको अलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बेशिसहरबाट डुम्रे तर्फ आउदै गरेको प्र ३–१–१०२४ च ९८३७ नम्वरको कार र विपरित दिशा तर्फ जादै गरेको ग २ ख ४३७५ नम्वरको बस बडहरेमा दुर्घटना भएको थियो । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.