अनलाईनबाट नावालिका फसाउने युवा पक्राउ

पोखरा । नाबालिकालाई सामाजिक सञ्जालको प्रयोग गरि अस्लिल क्रियाकलाप गर्न बाध्य पार्ने युवा पोखराबाट पक्राउ परेका छन् ।

इस्न्यास च्याट र भाइबर मार्फत नाविकालाई भिडियो कल गरि अस्लिल कुराकानी र भिडियो च्याट गर्न दवाव दिने पोखरा १९ पुरनचौरका १९ बर्षीय मनिष भुजेल पक्राउ परेका हुन् । उनले विभिन्न प्रलोभनमा पार्न खोज्ने, अस्लिक हर्कत गर्न नमाने बेइच्जत गर्ने धम्की दिने, परिवारका सदस्यलाई समेत विभिन्न म्यासेज गरि मानसिक तनाव दिएका भुजेललाई कास्की प्रहरीले बुधबार प्रक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेका उनी विरुद्द नेपाल प्रहरीको प्रधान कार्यालय साईबर ब्यूरोमा उजुरी परेको थियो । भुजेललाई पाँच दिन हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.