लागुपदार्थ कारोबार गर्ने तीन जना पक्राउ

दुलेगौंडा । पृथ्वीराज मार्ग हुदै लागुपदार्थ ओसार पसार गर्ने कारोबारीहरु तनहुँ प्रहरीको निशानामा पर्ने गरेका छन् । देशका विभिन्न स्थानबाट यो मार्ग हुदै लागुपदार्थ भित्र्याउने गिरोहलाई जिल्ला प्रवेशद्दार आँबुखैरेनीमा धमाधम पक्राउ गर्ने गरिएको छ ।
सोमबार विहान अस्थायी प्रहरी पोष्टमा खएिका प्रहरीले २४ किलो अवैध गाँजा सहित दुई महिला र ५९८ एम्पुल लागुपदार्थ सहित एक पुरुषलाई पक्राउ गरेको छ ।
रौतहटका २० बर्षीय अरुण पटेलले लुकाई छिपाई ल्याउदै गरेको १९८ एम्पुल डाईजेपाम, १९८ एम्पुल फेनारागम र १९८ एम्पुल नोरफिन तथा चितवन ईच्छामनकामना ५ की ५० बर्षीय पुनम गुरुङ र आँबुखैरेनी ४ आमबेसी डाडाँकी ४२ बर्षीय माया गुरुङको लगेज ब्याग र जेव्रा झोलाबाट गाँजा बरामद भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.