दुलेगौंडा– शुक्लागण्डकी नगरपालिकाका मेलमिलापकर्तासँग जिल्ला न्यायाधिशको टोलीले अन्तरक्रिया गरेको छ । जिल्ला अदालत तनहुँका न्यायाधिश राजेशकुमार कटवालसहितको टोलीले न्यायिक समितिको अनुगमन र अन्तरक्रिया गरेको हो ।
कटवालको टोलीले न्याय सम्पादनको प्रक्रिया, आइपरेका समस्या, कसरी समाधान गर्ने लगायतका विषयमा सोधपुछसमेत ग¥यो ।
मेलमिलापकर्तासँगको अन्तरक्रियामा कसरी न्याय सम्पादन गर्न सकिन्छ भनेर सहजीकरण गरिएको थियो ।

जिल्ला न्यायाधिश कटवालले कानुनी छिद्रको दुरुपयोग गर्ने प्रवृतिप्रति सजग हुन आग्रह गरे । मृद्वाको संख्या घटाउन मेलमिलापकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले समाजमा देखिने समस्या मेलमिलापमार्फत समाधान गर्ने विषयलाई नगरपालिकाले प्राथमिकता दिएको बताए । ‘मेलमिलापकर्ताको क्षमता वृद्धी गर्न नगर सरकार प्रतिबद्ध छ’, उनले भने । न्यायिक क्षेत्रमा देशकै अब्वल पालिकाको स्थापित हुने उनको दाबी छ ।
न्यायिक समिति संयोजक रहेका उपमेयर खुमबहादुर विक ‘राजु’ को अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता हरि वाग्ले, सुकुम्वासी समाधान आयोग तनहुँका सदस्य रामचन्द्र उपाध्यय, जिल्ला अदालत तनहुँका स्रेस्तेदार नन्दप्रसाद आचार्य लगायतले न्यायिक क्षेत्रमा स्थानीय पालिकाले प्रभावकारी काम गरेको बताए ।
