दुलेगौंडा
पाँचौ संस्करणको लियो मिनि म्याराथनको उपाधि सनम गुरुङले जितेका छन् । ६ किलोमिटरको दूरी २६ मिनेटमा पार गर्दै आबुखैरेनीका सनमले जितेका हुन् ।
पुरुषतर्फको विजेता सनमले १० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र हात पारे ।
गोरखा अजिरकोटका सविन सापकोटा दोस्रो भए । उनले २७ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् । ऋषिङका अमित विश्वकर्मा तेस्रो भए । उनले २७ मिनेट ३० सेकेन्डमा दौड सकाएका हुन् । दोस्रो भएका सापकोटाले ६ हजार रुपैयाँ र तेस्रो हुनेले ३ हजार रुपैयाँ पाएका छन् ।
महिलातर्फ मनकुमारी लामा विजेता हुँदा, साधाना सेवा दोस्रो र सञ्जिता बिक तेस्रो भइन । उनीहरुले क्रमशः ३ हजार, १ हजार र ५ सय रुपैयाँ प्रदान गरिएको छ ।
लियो क्बल अफ खैरेनीटार दुलेगौंडा मन्त्रले पाँचौ संस्करणको लियो मिनि म्याराथनको आयोजना गरेको हो । दुलेगौंडास्थित शुक्लागण्डकी नगरपालिकाको प्रवेशद्वारबाट सुरु भएको दौड वन्केवाको कालिका मन्दिरमा पुगेर टुंगिएको थियो ।
मिनि म्याराथनको सुरुआत शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’, शुक्लागण्डकी–३ का वडाध्यक्ष सचिन भुजेलले गरेका थिए ।