पोखरा
केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले उचालेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको दोस्रो संस्करणको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोजले उपाधि उचालेको हो ।
१८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोड्न सफल भयो । उपाधिसँगै गण्डकी हिरोजले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँमा चित्त बुझायो ।
गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । बसन्तले १७ बलमा ३ छक्का प्रहार गरे । नारायणले १० बलमा १ छक्का प्रहार गरे । किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । किरणले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६ छक्का प्रहार गरे । दीपक डुुम्रे २६ रनमा अउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर साकिव हुकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । अर्जुन कुुमाल शुन्यमै पेभिलियन फर्किए ।
काठमाडौंका लागि दीपेन्द्र रावतले ३ विकेट लिए भने मनोज यादव र सुुर्य तामाङले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुुग्यो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुुगे । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे ।
यस्तै, पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक बनाए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सुुर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए ।
गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३/३ विकेट लिए । विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुुना प्लेयरअफ दी म्याच बने । काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०/२० हजार रुपैयाँ प्राप्त गरे ।
चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो । बागमतिबाट ४ र अन्य प्रदेशबाट २/२ वटा क्लबले सहभागिता जनाएका थिए ।