शुक्लागण्डकीको आधारभूत शिक्षा परीक्षामा ५ विद्यालयबाट शतप्रतिशत उत्तीर्ण

दुलेगौंडा– तनहुँको शुक्लागण्डकी नगरपालिकाले लिएको कक्षा ८ को आधारभूत शिक्षा परीक्षामा ५ विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । तीन सामुदायिक र दुई संस्थागत विद्यालय शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका हुन् ।
सामुुदायिकतर्फ सरस्वती नमुना माध्यमिक विद्यालय खैरेनीटार, श्रमिक आधारभूत विद्यालय नर्सरी र जनशिशुकल्याण आधारभूत विद्यालय प्यूरीदोभानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
संस्थागततर्फ ज्ञान बगैंचा इङलिस् बोर्डिङ स्कुल शेराटार र माउण्ट अन्नपूर्ण एकेडेमी खैरेनीटारबाट सहभागी सबै विद्यार्थी आधारभूत शिक्षा परीक्षामा उत्तीर्ण भएको शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी दिएका छन् । उनका अनुुुसार सरस्वती नमुनाका २३, श्रमिक आधारभूतका ८, जनशिशुुकल्याण आधारभूतका ४, ज्ञान बगैंचाका ४५ र माउण्ट अन्नपूर्णका ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।
परीक्षामा ३३ विद्यालयका एक हजार ११३ जना परीक्षार्थी सहभागी भएकामा ८८५ जना उत्तीर्ण भए । सहभागी भएका मध्य उत्तीर्ण विद्यार्थी ७९.५१ प्रतिशत हुन् । २१ सामुदायिक र १२ संस्थागत विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।
शिक्षक, विद्यार्थीको वास्तविक क्षमता पहिचान गर्न नगरपालिकाले एसईईकै मोडलमा कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो । कक्षा ८ मा अध्ययन गर्ने सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई फरक विद्यालयमा परीक्षा केन्द्र तोक्नुका साथै परीक्षा केन्द्र रहेको विद्यालयको शिक्षकलाई केन्द्राध्यक्ष बनाइएको थिएन । विषय विज्ञको उपस्थितीमा नगरपालिका आफैंले प्रश्नपत्र तयार पारेको थियो भने नगरपालिकामै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरिएको हो ।
आफूलाई देशकै नमुना विद्यालय दाबी गर्दै आइरहेको पञ्चमुनिदेव मावि दुलेगौंडाका १७८ विद्यार्थी आधारभूत शिक्षा परीक्षामा सामेल भएकोमा १३७ जना उत्तीर्ण भएका छन् । ७६.९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।
सबैभन्दा कमजोर नतिजा दिवस मावि उदेनढुंगाको छ । दिवसका १३ जना विद्यार्थी सामेल भएकोमा ३ जना मात्रै उत्तीर्ण भएका छन् । उत्तीर्ण विद्यार्थी २३.०८ प्रतिशत हो ।
कुश्मावती आधारभूत विद्यालय शेराटारका ३३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यहाँबाट १५ जना सहभागी भएकोमध्य ५ जना परीक्षामा उत्तीर्ण भएको शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ ।
सामुदायिकतर्फ तालबेसी मावि घारीले ९५.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । ४८ जना सहभागीमध्य ४६ जना उत्तीर्ण भए । जनकल्याण मावि बेलचौताराका ९४.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । जनकल्याणबाट ५१ जना सहभागी भएकोमा ४८ जना उत्तीर्ण भएका हुन् ।

संस्थागततर्फ अधिकांशले ९० प्रतिशत बढी उत्तीर्ण गराएका छन् । नेपाल पुलिस स्कल बेलचौताराका ६१ मध्ये ५९ जना अर्थात ९६.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नतिजा छ । ब्राइट फ्युचर इङलिस् बोर्डिङ स्कुल बेलचौताराका ४३ जना उत्तीर्ण भएका छन् । ४५ जना सहभागी भएकोमा ९५.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका हुन् ।

कञ्चनजंघा इङलिस बोर्डिङ स्कुल कोत्रेका २१ जना मध्य २० जना उत्तीर्ण भएका छन् । कञ्चनजंघाका ९५.२४ प्रतिशत उत्तीर्ण भएको नतिजाले देखाउछ ।
अरनिको इङलिस बोर्डिङ स्कुल भोटेपानीका ४१ सहभागी भएकोमा ९५.१२ प्रतिशत अर्थात ३९ जना उत्तीर्ण भएका छन् । सूूर्योदय इङलिस बोर्डिङ स्कुल भुरुङगेबाट परीक्षमा सामेल भएका ४० मध्य ३७ जना उत्तीर्ण भएका छन् । सूर्योदयले ९२.५० प्रतिशत उत्तीर्ण गराउन सफल भएको हो ।

लिटल गार्डेन इङलिस बोर्डिङ स्ुकल दुलेगौंडाले ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल छ । लिटल गार्डेनका ५० मध्य ४६ विद्यार्थी उत्तीर्ण भएका हुन् । लोटस बड इङलिस बोर्डिङ स्कुल ढोरफिर्दीले ९०.९१ प्रतिशत विद्यार्थी पास गराएको छ । त्यहाँबाट ११ जना विद्यार्थी सहभागी भएकोमा १० जना पास भए ।
बालविद्या इङलिस बोर्डिङ स्कुल दुलेगौंडाले ३५ जना सहभागी गराएकोमा २९ जना अर्थात ८२.८६ प्रतिशत उत्तीर्ण गराएको छ । अरनिको इङलिस बोर्डिङ स्कुल कवासेबाट ३६ जना परीक्षामा सामेल भएकोमा २६ जना अर्थात ७२.२२ प्रतिशत उत्तीर्ण भएको अभिलेख छ ।
संस्थागततर्फ सबैभन्दा कमजोर जीवजुना बोर्डिङ स्कुल लहरेपिपल देखिएको छ । २४ जना परीक्षामा सहभागी भएकोमा १४ जना अर्थात ५८.३३ प्रतिशत उत्तीर्ण भएका छन् ।
सरस्वती मावि थप्रेकबाट २६ जना सहभागी भएकोमा १९ जना (७३.०८ प्रतिशत), अमरज्योती मावि तल्लीपोखरीबाट १४ जनामध्य ७ जना (५० प्रतिशत) उत्तीर्ण भएका छन् ।
हंसवाहिनी मावि एक्लेखेतका ६६.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । हंशवाहिनीले १२ जना सहभागी गराएकोमा ८ जना उत्तीर्ण भए । सहिदकृष्ण मावि कवासेको ३८.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । १३ जना सहभागी भएकोमा ५ जना उत्तीर्ण भएका हुन् ।
खैरेनी मावि खैरेनीटारका ६१.८६ प्रतिशत उत्तीर्ण भएका छन् । त्यहाँबाट ९७ जना सहभागी भएकोमा ६० जना उत्तीर्ण भएका हुन् । शुक्ला आधारभूत विद्यालयका ५ जना विद्यार्थी उत्तीर्ण भए । त्यहाँबाट ७ जना सहभागी थिए । उत्तीर्ण प्रतिशत ७१.४३ रहेको छ ।
गाउँफर्कोदय मावि गणपतिका ५५.५६ प्रतिशत उत्तीर्ण भएको शुक्लागण्डकी नगरपालिकाको शिक्षा शाखाले प्रकाशन गरेको नतिजामा उल्लेख छ । गाउँफर्कोदयबाट ७२ जना सहभागी भएकोमा ४० जना मात्रै उत्तीर्ण भए ।
छब्दी मावि छब्दीले ५६ प्रतिशत विद्यार्थी पास गराएको छ । २५ जना सहभागी भएकोमा छब्दीका १५ जना पास भए । सूर्य आधारभूत विद्यालयका १३ जना सहभागी भएकोमा ६१.५४ प्रतिशत अर्थात ८ जना उत्तीर्ण भएका छन् ।
आधारभूत मावि साँखेका २५ मध्य २२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । आधारभूतले ८८ प्रतिशत उत्तीर्ण गराएको हो । महेन्द्र मावि पिपलछापका ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नतिजा छ । ५ जनामध्य ४ जना उत्तीर्ण भएका हुन् । राजपुर मावि राइपुरका ८ जनामध्य ७ जना अर्थात ८७.५० प्रतिशत उत्तीर्ण भएका छन् । जनप्रेमी मावि लामागाउँले ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भए । १५ जना विद्यार्थी आधारभूत शिक्षा परीक्षामा सामेल भएकोमा १२ जना उत्तीर्ण भएका हुन् ।

औसत ग्रेडतर्फ माउण्ट अन्नपूर्ण एकेडेमी अगाडि देखिन्छ । माउण्ट अन्नपूर्णले ३.३० ग्रेड ल्याएको छ । ज्ञान बगैंचाले ३.२८, जनकल्याण माविले ३.१६, अरनिको बोर्डिङ स्कुल ३.०५, ब्राइट फ्युुचरको ३.०१ औसत जिपिए आएको हो ।

शतप्रतिशत विद्यार्थी पास गराएको सरस्वती नमुना माविले २.८३, जनशिशुकल्याणको २.५२ र श्रमिकको २.८९ औसत जिपिए आएको छ । औसत जिपिएमा पनि सैभन्दा कमजोर दिवस माविको ०.६१ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.