पोखरा
पोखराको पुरानो विमानस्थलमा निर्माण गरिएको आपतकालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तानतरण गरिएको छ । विश्व खाद्य कार्यक्रमले विपद्का बेला गण्डकी प्रदेशका जिल्लामा आपतकालीन अवस्थामा आवश्यक राहत पु¥याउन निर्माण गरेको आपतकालीन गोदाम घर गण्डकी सरकारलाई हस्तानतरण गरिएको हो ।
शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गोदाम घर हस्तानतरण गरे ।
हस्तानतरणसँगै ५ बुँदै सहमतिसमेत भएको छ । सहमति पत्रमा गृहमन्त्री रमेश लेखक र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हस्ताक्षर गरेका छन् ।
गोदाम घरमा विद्यमान सहायता सामग्रीको विवरण प्रदेश विपद् व्यवस्थापन समितिको रोहबरमा प्रदेश सरकारले तोक्ने गोदाम प्रमुखलाई बुझाउने सहमतिमा उल्लेख छ । हस्तान्तरण गरिएका सामग्रीको सुरक्षा, अभिलेख व्यवस्थापन र बीमासम्बन्धी काम प्रदेश सरकारले गर्नेछ । गोदाम घरका कर्मचारी र सुरक्षाकर्मीलाई विश्व खाद्य कार्यक्रमले आवश्यक तालिम र प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
गृहमन्त्री लेखकले विपद्का बेला सहायता सामग्री छिटोछरितो पु¥याउन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । उनले विपद्बाट जोखमिपूर्ण अवस्थामा नेपाल रहेकाले तयारीका साथ रहनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण र उद्दार गर्ने बताए । गण्डकी बाढी पहिरोको जोखिमा रहेको उनले सुनाए । प्रदेश सरकारको गोदाम घरका सामग्री विमानस्थलकै गोदाम घरमा भण्डारण गरिने उनको भनाइ थियो ।
गोदाम घरको गृहमन्त्री लेखकले गत असोज ९ गते भर्चुअल उद्घाटन गरेका थिए । गत चैत पहिलो सातादेखि निर्माणको सुरुआत गरिएको थियो । आपतकालिन राहत र उद्धारका सामग्रीको भण्डारण गर्न यूरोपेली युनियनको सहयोगमा साहयतास्थल बनेको हो ।
१६१ हजार अमेरिकी डलर लागतमा निर्माण भएको हो । ७०० मेट्रिक टन भण्डारण क्षमता रहेको छ । ४ वटा प्रिफ्याब भवन छन् ।
पूरानो पोखरा विमानस्थलको दक्षिण पूर्वी भागको २ रोपनी क्षेत्रफलमा गोदामघर बनेको छ । यहाँ कन्टेनर भण्डारण स्थल र सभा कक्षसहितको ४ प्रिफ्याब कार्यालय छन् ।
विश्व खाद्य कार्यक्रमले पोखरामा भन्दा पहिले काठमाडौं, भैरहवा, धनगढी, विरगञ्ज, बर्दीवास लगायत देशका ११ स्थानमा मानवीय सहायता स्थल बनाएको थियो ।