दुलेगौंडा–
देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदैछ । सरकारले देशभरका ७५३ स्थानीय तहमा पाँच वर्षमुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको हो ।
शनिबार र आइतबार दुई दिनसम्म भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने छ । करिब २२ लाख बालबालिकालाई खुवाउने सरकारको लक्ष्य रहेको छ । त्यसका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममार्फत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकाहरुलाई भिटामिन ‘ए’ खुवाइन्छ । यस्तै, १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।