दुलेगौंडा
शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खडगसिंह थापाले म्याग्दे खोला उत्खनन् गरी राखेको ढुंगा, गिट्टी, बालुवा चोरी गर्नेलाई कारबाही गर्ने बताएका छन् ।तनहुँ खबरमा प्रकाशित समाचारमा प्रतिक्रिया लेख्दै उनले प्रमाण पेश गरेको खण्डमा कारावाही अगाडि बढाउने उल्लेख गरेका हुन् ।
‘त्यहाँ प्राविधिक स्टेमेटअनुसार जनप्रतिनिधिको रोहवरमा खोलालाई पुरानो बोहिमा लगि निस्केको कच्चापदार्थ बाटोमा प्रयोग गर्न योजना हो । तर, काम गर्दै गर्दा जनगुनासो आए पछि मैले नै काम बन्द गराएको हो’, उनी भन्छन्, ‘जहाँसम्म माल चोरी भन्नेकुरा छ साथीहरुसँग कुनै प्रमाण छ भने पेश गरिदिनु होला । म कारबाहीको प्रक्रिया अगाडि बढाउने छु ।’
वडाध्यक्ष थापाले थपेका छन्, ‘सत्यकुरा के छ भने जहाँ अहिले खोला हिडिरहेका छ त्यहाँ रिङ रोड थियो । जो बर्षाको भेलले बाटोसहित धेरै भित्ता कटिङ भएको छ । जस्ले गर्दा वस्ती ठुलो जोखिममा छ । अगर यस बर्ष तारजाली ग्याभिन गरिएन भने ठुलो नोक्सानी हुनसक्छ । त्यसैलाई मध्यनजर राख्दै योजना अगाडि बढाएको हो ।’
वस्ती जोगाउने योजना कार्यन्वयनमा सघाउन पत्रकार, भद्रभलादमीलाई आग्रह गरेका छन् । सहयोग नपाए त्यो रकमले अन्त कतै काम गर्ने चेतावनी दिदै सहयोगका लागि सहयोगको अपेक्षा रोखेको बताएका छन् ।

शुक्रबार तनहुँ खबरमा कस्ले लग्यो म्याग्दे खोलाको माल ! स्थलगत भिडियो र तस्बिरसहितको समाचार प्रकाशित भएको छ । मनबहादुर पुन ‘हमाल’अध्यक्ष रहेको खैरेनीटार टुँडा रिङरोड उपभोक्ता समितिले पुस १६ गते शुक्लागण्डकी नगरपालिकासँग सडक निर्माणको सम्झौता ग¥यो । त्यसपछि वडा सदस्य गिरबहादुर थापाको रोहबरमा खोलाको धार फर्काउने भन्दै म्याग्दे खोला खनेर ढुंगा, गिट्टी, बालुवा निकालिएको छ ।
वडासदस्य थापाका अनुसार ७५ टिप उत्खनन् गरेर नजिकैको क्रसर उद्योग छेउमा मौज्दात गरिएको हो । तर, त्यहाँ ७५ टिप ढुंगा, गिट्टी, बालुवा छैन । चोरी भइसकेको छ । चोरी भएर विवाद सतहमा आएको हप्तादिनसम्म पनि वडाध्यक्ष थापा निरीक्षणका लागि पुगेका छैनन् । वडा कार्यालयबाट करिब १ किलोमिटरको दूरीमा उत्खनन्स्थल रहेको छ । न उनले यो विषयमा नगरपालिकालाई गुहारेका छन् । स्थानीय, सामाजिक अभियन्ताहरुले भने कहाँ गयो माल भनेर प्रश्न उठाइरहेका छन् ।
उपभोक्ता समितिका अध्यक्ष नमबहादुर पुन ‘हमाल’ माल चोरी भएको स्वीकार्छन् । माल लैजानेले फिर्ता ल्याउने आश्वासन दिएको उनको भनाइ छ । उनी भन्छन्, ‘माल त हेर्न जान पर्छ त्यही छ । जुन लग्यो भनेर आशंका गरेको मान्छेलाई किन त्यो गरेको भनेको होइन मेरो गाडी गाथ्यो त्यता डोजर थ्यो । फर्कने बेलामा दुईचार टिप ल्याको हो कन्फर्म हो । त्यो लान पर्छ भनेपनि म लान्छु भन्छ उसले ।’ कसले लगेको भन्दा लैजानेको नाम उनले खुलाएनन् । उनले फर्काउन परे फर्काउन तयार रहेको दोहो¥याईरहे । उनले गैरजिम्मेवार प्रतिक्रिया लिए, ‘लान त कता लगे थाहा भएन । मैले किन लगेको भन्दाखेरि ? बाटो प¥यो भनेको छ ।’ आफूसँग लैजाने मान्छे सम्पर्कमा रहेको तर, कस्ले लगेको थाहा नभएको बताए ।