पोखरा– पौडी खेल्ने क्रममा सेती नदीमा डबुेर वेपत्ता युवकको शव निकालिएको छ । पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा वेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको हो ।
१८ वर्षीय युवराज विक सोमबार दिउँसो २ बजेतिर सेतीमा डुबेर बेपत्ता भएका थिए । बागलुङको निसीखोला गाउँपालिका–३ घर भई पोखराको मझेरीपाटनमा बस्ने युवराज नदीमा डुबेर वेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीको टोली उद्धारमा खटिएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको नेतृत्वमा खटिएको गोताखोर टोलीले १८ फिट गहिराइबाट शव निकालेको छ ।