पुलिसलाई स्तब्ध पार्दै इरानी टोलीले जित्यो लायन्स कप भलिबल

पोखरा

विभागी टोली नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा प्रतियोगिता भएको थियो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमायो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा ग¥यो ।

इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो । उपाधि जितेको इरानी टोलीले ४ लाख ४४ हजार ४४४ रुपैयाँ हात पा¥यो । उपविजेता बनेको पुलिसले २ लाख ४४ हजार ४४४ रुपैयाँमा चित्त बुझाएको छ ।

सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अर्को विभागी टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको छ । सोमबार भएको खेलको पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो भएको आर्मीले १ लाख ४४ हजार ४४४ रुपैयाँ प्राप्त गरेको छ ।
वैशाख १८ देखि सुरू भएको प्रतियोगितामा ६ टिम सहभागी थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.