सायान खत्री बचाउ अभियानमा लायन्सको ६८ हजार सहयोग

दुलेगौंडा– क्यान्सरबाट ग्रसित भइ ‘बोनम्यारो प्रत्यारोपण’ गर्नुपर्ने सायान खत्री बचाउ अभियानका लागि लायन्सकर्मीले सहयोग गरेका छन् । लायन्स क्लबबाट संकलित ६८ हजार २३० रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालका क्याबिनेट सेक्रेटरी सुजित हिराचनले सायानको हजुरआमा उमा खत्रीलाई सहयोग रकम हस्तानतरण गरे ।

शुक्लागण्डकी नगरपालिका–७ स्यालीबजार निवासी धुर्ब खत्रीका साढे ७ वर्षीय छोरा सायान खत्रीको हाल दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको छ ।

सायान ४ वर्षदेखि ब्लडक्यान्सरसँग जुधिरहेका थिए । निको हुने बेलामा उनलाई फेरी संक्रमण देखिएको हो । चिकित्सकका अनुसार सायानलाई बचाउन ‘बोनम्यारो प्रत्यारोपण’ गर्नुपर्नेछ ।

हाल दिल्लीको म्याक्स हस्पिटलमा उपचार जारी छ । डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने चिकित्सकले जनाएको छ । परिवारले अहिले सहयोगको याचना गरेपछि मनकारीले सहयोग गरिरहेका छन् ।

सहयोगदाता र रकम

लायन्स क्लब अफ काठमाडौं प्रदेशः ५,५५५
लायन्स क्लब अफ पोखरा मुनालः ५,५०५
निरञ्जन लम्सालः ५,१०५
लायन्स क्लव अफ म्याग्दी युथः ५,१००
लायन्स क्लब अफ तनहुँ सत्यवती दमौलीः ५,०००
लायन्स क्लब अफ गुनकेशरीः ५,०००
लायन्स क्लब अफ काठमाडौँ सितापाईलाः ४,५००
लायन्स क्लब अफ पोखरा हिमालयनः ३,०००
लायन्स क्लब अफ काठमाडौं ककनीः ३,०००
लायन्स क्लब अफ आबुँखैरेनी सिटीः २,७००
लायन्स क्लब अफ काठमाडौं पिस ल्याण्डः २,५००
लायन्स क्लब आबुँखैरेनी अकलाः २,००५
लायन्स क्लब अफ काठमाडौँ बराह ग्रुपः २,०००
लायन्स क्लब अफ बिक्रमबाबा काठमाडौंः २,०००
शुनिलरत्न तुलाधर, काठमाडौंः २,०००
सुलक्षना तुलाधर, काठमाडौंः २,०००
लायन्स क्लब अफ काठमाडौं ठमेलः १,०००
राजशिरोमणि तुलाधर, काठमाडौंः १,०००
रमेशकुमार थापा, काठमाडौंः १०००
रामचन्द्र खेतान, काठमाडौंः १,०००
कल्पना श्रेष्ठ(श्रेष्ठ खाजा घर एवं फ्रेस हाउस), मिलडाँडाः १०००
मनोजकुमार अधिकारी, पोखराः ५००
सालिका चित्राकारः ५,८६०

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.