दुलेगौंडा– क्यान्सरसँग जुधिरहेका साढे ७ बर्षीय बालक सायान खत्री बचाउ अभियान सञ्चालन गर्न समिति गठन भएको छ । राजेश पाण्डेको संयोजकत्वमा क्यान्सर बिरामी सयान खत्री बचाउ अभियानको समिति गठन गरिएको हो ।
उपसंयोजकमा कपिल सिग्देल, लेखामा मृगेन्द्रमान कर्माचार्य र सामाजिक सञ्जालतर्फ अनिश गुरुङ रहेका छन् । सदस्यमा सुजन कायस्थ, मिलन ढकाल, अर्जुन केसी, नवराज गुरुङ रहेका छन् ।
समिसतको सल्लाहाकारमा शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’, शुक्लागण्डकी–७ का वडाध्यक्ष खड्गसिंह थापा, मनबहादुर पुन ‘हमाल’, मेघनाथ सिग्देल, विजय जोशी, दिलराज गुरुङ र किसान महत रहेका छन् ।
शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजारका सायान ४ वर्षदेखि ब्लडक्यान्सरसँग जुधिरहेका थिए । निको हुने बेलामा उनलाई फेरी संक्रमण देखिएको हो । चिकित्सकका अनुसार सायानलाई बचाउन ‘बोनम्यारो प्रत्यारोपण’ गर्नुपर्नेछ ।
हाल दिल्लीको म्याक्स हस्पिटलमा उपचार जारी छ । डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने चिकित्सकले जनाएको छ । परिवारले अहिले सहयोगको याचना गरेपछि मनकारीले सहयोग गरिरहेका छन् ।
