सायान बचाउन भागरबासीको ८७ हजार सहयोग

दुलेगौंडा–क्यान्सरबाट ग्रसित भइ ‘बोनम्यारो प्रत्यारोपण’ गर्नुपर्ने सायान खत्री बचाउ अभियानका लागि भागरबासीले आर्थिक सहयोग गरेका छन् । भिमाद नगरपालिका–८ भागरका स्थानीयले भागर त्रिवेणी टोल विकास संस्थामार्फत रकम संकलन गरेर सहयोग गरेका हुन् ।
टोल विकासका अध्यक्ष गिरबहादुर थापा लगायतले बिरामी सायानकी हजुरआमा उमा खत्रीलाई ८७ हजार ८५० रुपैयाँ सहयोग हस्तान्तरण गरे । सहयोग हस्तानतरणसँगै उनीहरुले सायानको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका–७ स्यालीबजार निवासी धुर्ब खत्रीका साढे ७ वर्षीय छोरा सायान खत्रीको हाल दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको छ ।

सायान ४ वर्षदेखि ब्लडक्यान्सरसँग जुधिरहेका थिए । निको हुने बेलामा उनलाई फेरी संक्रमण देखिएको हो । चिकित्सकका अनुसार सायानलाई बचाउन ‘बोनम्यारो प्रत्यारोपण’ गर्नुपर्नेछ ।

हाल दिल्लीको म्याक्स हस्पिटलमा उपचार जारी छ । डेढदेखि दुई करोड रुपैयाँ खर्च लाग्ने चिकित्सकले जनाएको छ । परिवारले अहिले सहयोगको याचना गरेपछि मनकारीले सहयोग गरिरहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.