रास्वपको वडा सभापति बने मिनबहादुर र डिलबहादुर

दुलेगौंडा– राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्लागण्डकीको दुई वडामा वडा समिति गठन गरेको छ । शनिबार भएको भेलाले शुक्लागण्डकी नगरपालिका–६ र ७ मा वडा समिति गठन गरेको हो ।
वडा नम्बर ६ मा मिनबहादुर लामीछानेको नेतृत्वमा समिति गठन भएको छ । उपसभापतिमा संयोग सुनार, सदस्यमा दीपक नेपाली, विवेक बस्याल, दिवस परियार, गणेशबहादुर बस्नेत, हरिमाया थापा, दुर्गा कुमाल, र अमृत पौडेल चयन भएका हुन् ।
वडा नम्बर ७ मा डिलबहादुर गुरुङको नेतृत्वमा समिति गठन भएको हो । उपसभापतिमा रुपबहादुर अर्याल, सदस्यहरुमा झलकबहादुर कार्की, रिता पौडेल, डम्बरबहादुर विक, झलकबहादुर कामी, होमबहादुर थापा र बुद्धिबहादुर लामा चयन भएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.