दुलेगौंडा-म्याग्दे खोलाको अवैध उत्खनन् गरेर माल निकासी गर्ने खैरेनीटार टुडा रिङरोड मोटरमार्ग उपभोक्ता समितिले राजस्व दाखिला गरेको छ । शुक्लागण्डकी नगरपालिकामा जरिवानासहित राजस्व दाखिला गरेको हो ।
शुक्लागण्डकी नगरपालिका–७ स्थित म्याग्दे खोलाको बीचमा उत्खनन् गरेर क्रसरमा निकासि गरिएको थियो । तनहुँ खबरले
खैरेनीटार टुँडा रिङरोड सडक निर्माणको वाहानमा भएको अवैध उत्खनन्को विषयमा तनहुँ खबरले चैत १४ गते ‘कस्ले लग्यो म्याग्दे खोलाको माल !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
हप्तादिनदेखि उत्खननको विवाद सतहमा आउदासमेच चुईक्क नबोलेका वडाध्यक्ष खड्गसिंह थापाले समाचार प्रकाशित भएको भोलिपल्ट माल चोरीको प्रमाण पेश गर्नुहोला कारवाही गर्छु प्रतिक्रिया दिएका थिए । चैत १७ गते नगरपालिकाको टोली पुगेर म्याग्दे खोला अवैध उत्खनन् स्थलकाे नापजाँच गरेको हो ।
नापजाँच अनुसार ६१२ घनमिटर उत्खनन् भएको ठहर गरिएको छ । प्रतिघनमिटर ३१७ रुपैयाँ ८८ पैसाका दरले उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुन ‘हमाल’ ले नगरपालिकामा राजस्व दाखिला गरेका छन् । त्यसमा अनुमति नलिइकन अवैध उत्खनन् गरेकाले २५ प्रतिशत जरिवाना लगाइएको छ ।
दुई लाख ४३ हजार १७९ रुपैयाँ जरिवानासहितको राजस्व तिरेको नगरपालिकाले जनाएको छ । दुई हजार ९१९ रुपैयाँ अग्रिम आयकर र २५ हजार २२१ रुपैयाँ मूल्य अभिवृद्धी करसमेत भुक्तानी भएको छ ।
मनबहादुर पुन ‘हमाल’अध्यक्ष रहेको उपभोक्ता समितिले पुस १६ गते शुक्लागण्डकी नगरपालिकासँग खैरेनीटार–टुडा रिङरोड निर्माणका लागि सम्झौता ग¥यो । नगरस्तरीय योजनाले बाटोको स्तरोन्नती र खोलाको कटान रोक्ने उदेश्यले काम सुरु भयो । तर, बाटो सफा गर्ने वा तारजाली हाल्ने काम भएन । नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासि गरिएको थियो ।