दुलेगौंडा–नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति जिल्ला कार्य समिति तनहुँको अध्यक्षमा कल्पना गौली निर्वाचित भएकी छन् ।
समितिको शनिबार दमौलीमा सम्पन्न २२ औ अधिवेशनले गौलीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको हो।
समितिको उपाध्यक्षमा धनमाया पौडेल, सचिवमा सिर्जना सिग्देल र कोषाध्यक्षमा लक्ष्मी पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरूमा धनमाया राना, खिरमति मगर, कल्पना थापा, अनुपम कला न्यौपाने, सीता खनाल, सोममाया गुरूङ, सुमित्रा रोका, राज्यवती पौडेल र थममाया आले चयन भएका छन्।
अध्यक्ष्य गौलीले महिला उद्यमी समितिले सञ्चालन गरेको व्यास कोशेली घरको व्यवस्थापन र महिला उद्यमशीलताको प्रवद्र्धनका लागि नयाँ र बृहत कार्यक्रमहरू गर्ने प्रतिवद्वता व्यक्त गरिन्।
नवनिर्वाचित समितिलाई व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, नेपाल घरेलु तथा साना उद्योग महासंघ, गण्डकी प्रदेशका महासचिव महाप्रसाद सुवेदी, महासंघ तनहुँ शाखाका संस्थापक अध्यक्ष मछिन्द्रादेवी श्रेष्ठ, महिला उद्यमी समिति तनहुँका संस्थापक अध्यक्ष सावित्री श्रेष्ठ, उद्योग तथा पर्यटन कार्यालय दमौलीका प्रमुख दुर्गाराज सुवेदी, निर्वाचन समिति संयोजक अधिवक्ता इन्द्रकुमारी थापा लगायतले बधाई तथा शुभकामना दिएका थिए ।