दरगाँउ गुरुङ समाजको भवन शिलन्यास

दुलेगौंडा
दरगाँउ गुरुङ समाज भवन शिलन्यास गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ दरगाउँमा सोमबार नयाँ बर्षको अवसर पारेर शिलन्यास गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजु) ले भवनको शिलन्यास गरे । उनले बहुजाति, बहुँसाँस्कृतिक समाज निर्माण गर्नुपर्ने उनको भनाइ थियो । भवन निर्माणमा आफूले सक्दो सहयोग गर्ने बताए ।
तीन तले भवनको ८० लाख ३९ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । सामाजिक विकास कार्यालयले ५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । शुक्लागण्डकी नगरपालिकाले पनि ५ लाख रुपैयाँ चालु आर्थिक बर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ ।

समाजका सदस्यसँगै देशविदेशमा रहेकाहरुसँग सहयोग मागेर भवन निर्माण गर्ने निर्माण समितिका सहसचिव कुलप्रसाद गुरुङले जानकारी दिए ।
उनका अनुसार तीन चरणमा गरेर जग्गा किनिएको हो । तीन रोपनी क्षेत्रफल रहेको छ । दरगाउँमा ३१ घरपरिवार गुरुङ समुदाय रहेका छन् ।

जन्मदेखी मृत्यु संस्कार गर्नलाई भवनको अभाव भएको बताए । पोखरा गएर गर्नुपरेको उनले सुनाए । भुकम्प प्रतिरोधात्मक भवन बनाउने उनको भनाइ छ । गुरुङ समुदायको पहिचान झल्कने कोइबो, बौद्ध स्तुपा, संग्रहालय बनाउने योजना रहेको छ । त्यसका लागि थप बजेट लाग्ने अनुमान गरिएको छ ।

भवन निर्माणका लागि निर्माण उपभोक्ता समितिका सहसचिव कुलप्रसाद गुरुङले ५१ हजार ५५५ रुपैयाँ सहयोगको घोषणा गरेका छन् । कमलादेवी गुरुङले ५ हजार ५५ रुपैयाँ सहयोग गरेकी छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.