दुलेगौंडा– लायन्स क्बल अफ तनहुँ शुक्लागण्डकीले क्यालेन्डर प्रकाशन गरेको छ । प्रकाशित क्यालेन्डरको शनिबार दुलेगौंडामा एक कार्यक्रमको आयोजना गर्दै विमोचन गरिएको छ ।
क्लबका संस्थापक अध्यक्ष एवम भानुभक्त बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, पूर्व अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतले विमोचन गरे ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष श्रेष्ठले लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सामाजिक सेवामा अब्बल काम गर्दै आइरहेको बताए । अन्य क्लबले पनि सिको गर्ने खालका कार्यक्रम सञ्चाल भइरहेको उनको भनाइ थियो ।
पुर्व अध्यक्ष लालबहादुर श्रेष्ठले विगतको बर्षमा योजना बनेपनी कार्यन्वयन नभएको क्यालेन्ड प्रकाशनको योजनाले मुर्त रुप पाएको बताए । क्लबका लागि ओझपुर्ण कार्यक्रम भएको उनले बताए ।
अर्का पूर्वअध्यक्ष सुजनकुमार श्रेष्ठले क्लब स्थापनको १० औं वर्षमा क्यालेन्डर प्रकाशनको सुरुवात भएकोमा खुशी व्यक्त गर्दै अब निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
क्लबका अध्यक्ष देवीभक्त रानाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष कमल गैरे, द्धित्तिय उपाध्यक्ष सफल आले, सचिव रुपक मल्ल, कोषाध्यक्ष राजेन्द्र पौडेल लगायतले बोलेका थिए । सो अवसरमा क्लबका अध्यक्ष रानाले आफ्नो कार्यकालमा गर्ने भनिएको बृहत स्वास्थ शिविर र ब्याडमिन्टन प्रतियोगिता बाँकी रहेको जानकारी दिए । अबको दुई महिनामा सञ्चालन गर्ने उनको भनाइ थियो ।