बन्दीपुरमा चितुवाको आक्रमणले १० वर्षीया बालिकाको मृत्यु

तनहुँ
तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणमा परेर एक बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा शुक्रबार साँझ चितुवाले आक्रमण गर्दा १० वर्षीया बालिका अनुजा विकको मृत्यु भएको हो ।
इसुप र अमृता विकको छोरी अनुुजालाई साँझ ६ बजेको आसपासमा चितुवाले आक्रमण गरेको थियो । अनुजाको शव झन्डै एक किलोमिटर पर फेला परेको स्थानीय सुदिन पौडेलले जानकारी दिए । उनका अनुुसार मृत बालिकाको दाहिने खुट्टा खाएको अवस्थामा फेला परेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.