गाउँपालिकाले आँबुखरैनी क्याम्पसलाई बस उपलब्ध गराउने

दुलेगौंडा–आबुखैरेनी क्याम्पसले विद्यार्थी बोक्ने क्याम्पस बस चलाउने भएको छ । क्याम्पसलाई आँबुखैरेनी गाउँपालिकाले बस सहयोग गर्न लागेको हो ।

क्याम्पस बस सञ्चालनका लागि गाउँपालिका अध्यक्ष शुक्र चुमान, प्रमुख प्रशासकीय अधिकृत विष्णु पोखरेल र आँबुखैरेनी क्याम्पसका प्रमुख भवदत्त शर्मा, स्ववीयु सभापति निशान मगरबीच बुधबार बस सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
विद्यार्थीको सहजताका लागि गाउँपालिकाले बस उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । चालक लगायत सञ्चालनको जिम्मेवारी क्याम्पसले लिनुपर्नेछ । बस सञ्चालनमा आउने समस्याको समाधान क्याम्पसले नै गर्नुपर्ने शर्त राखिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.