दुलेगौंडा
तनहुँको शुक्लागण्डकी नगरपालिकालाई आदिवासि जनजाती आयोगले सम्मान गरेको छ । देशका ७५३ स्थानीय तह मध्य आदिवासी जनजाती समुदायको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै आयोगले सम्मान गरेको हो ।
‘नेपालको संविधानको मर्म र भावनालाई आत्मसाथ गरी आदिवासी जनजातीको नीति तथा कार्यक्रमका लागि बजेट विनियोजन गरी कार्यन्वयन गरेकाले सोको उच्च मुल्यांकन गरिएको छ’, आयोगले चौंथो बार्षिकोत्सवको अवसरमा प्रदान गरेको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।
शुक्लागण्डकीले आदिवासि जनजाति समुदायका लागि बार्षिक बजेट छुट्याएर भाषा, कला, संस्कृति संरक्षणको कार्यक्रम गर्दै आइरहेको छ ।