प्रेस चौतारी तनहुँको अध्यक्षमा दोहोरिए ‘विवि’

दुलेगौंडा

प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा राजकुमार श्रेष्ठ विवि चयन भएका छन् । शाखाको मंगलबार भएको दशौं अधिवेशनबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट शाखाको उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सुनिता आचार्य, सचिवमा ऋषिकान्त दुवाडी, सहसचिवमा किरण श्रेष्ठ र अन्जन परियार, कोषाध्यक्षमा सागर गिरी सर्वसम्मत भए । सदस्यमा विष्णुबहादुर सिंजाली र देव गजमेर सर्वसम्मत भए ।

केन्द्रीय प्रतिनिधिमा प्रेमप्रसाद पौडेल, मदन तिमिल्सना र सम्झना रसाइली चयन भएका छन् । अधिवेशनको उदघाटन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देलले पत्रकार समाजको ऐना र मार्गदर्शक बन्नुपर्ने बताए । पत्रकारिता सत्य, निष्पक्ष र तथ्यगत हुनुपर्ने उनको भनाइ थियो ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि पत्रकारको कलम महत्वपूर्ण भूमिका रहेको बताउँदै निरकुंश तन्त्रको अन्त्यका लागि पत्रकार निडर भएर लागेको स्मरण गरे ।

चौतारी नेपालका केन्द्रीय लेखा आयोग उपाध्यक्ष नवराज ढकालले प्रेस चौतारी हरेक पत्रकारको सुखदुःखको सङ्गठन बन्नुपर्ने बताए ।


प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिएको छ । शाखाको दशौं जिल्ला अधिवेशनका अवसरमा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य केदार सिग्देल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ विविले संयुक्त रुपमा उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गरे । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.