ज्योति स्मृति कपमाः घिरिङ, खैरेनी र मान्द्रे विजयी

दुलेगौंडा


पाँचौ खोरादी तथा तेस्रो ज्योति स्मृति कप भलिबल प्रतियोगितामा सोमबार तीन खेल भएको छ । दोस्रो दिनको खेलमा घिरिङ, खैरेनीटार र मान्द्रेको टोली विजयी भएको हो ।


पहिलो खेल घिरिङ कालिम¥याङबीच भएको थियो । घिरिङले कालीम¥याङलाई २–० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा सुरक्षित गरेको हो ।


दोस्रो खेलमा संगम टोललाई खैरेनीटारले २–० को सोझो सेटमा हराएको छ । तेस्रो खेलमा मान्द्रेसँग आयोजक खोरादी युवा क्बल ‘बि’ बीच भएको थियो । जसमा मान्द्रेले २–० को सोझो सेटमा जित निकाल्न सफल भयो ।


शुक्लागण्डकी नगरपालिका–१० खोरादीमा खोरादी युवा क्लबको आयोजना र खोरादी आमा समूहको सहआयोजनामा भएको पाँचौ खोरादी तथा तेस्रो ज्योति स्मृति कप भलिबल प्रतियोगिताको आइतबार उद्घाटन भएको हो ।


साविक गाउँ तथा वडास्तरीय प्रतियोगिता माघ २३ गतेसम्म प्रतियोगिता चल्नेछ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गोविन्द आलेले जानकारी दिए । आलेका अनुसार उपविजेताले २० हजार रुपैयाँ हात पार्नेछ ।


सेमिफाइनलका उपविजेता दुई समूहले समान ५ हजार रुपैयाँ पाउने आलेले जानकारी दिए । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टरलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.