दुई मुद्वामा फरार प्रतिवादी पक्राउ

दुलेगौंडा– दुई वटा मुद्वामा दोषी ठहर भएर पनि फरार प्रतिवादीलाई तनहुँ झन्डै ४ वर्षपछि पक्राउ गरेको छ ।

सरकारी कागज छाप किर्ते र सवारी ज्यान मुद्धामा फरार रहेका बन्दीपुर गाउँपालिका–४ बस्ने राजनकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

घरबाटै पक्राउ परेका श्रेष्ठलाई शुक्रबार जिल्ला अदालत तनहुँमा पेश गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए ।

डिएसपी थापाका अनुसार श्रेष्ठलाई जिल्ला अदालत तनहुँले २०७७ फागुन २६ गते दोषी ठहर भएको फैसला गरेको थियो ।


फैसलाले सवारी ज्यान मुद्दामा १ महिना २३ दिन कैद र ४ लाख ३५ हजार दुई सय रुपैयाँ जरिवाना तोकिएको छ ।

सरकारी कागजत छाप किर्ते मुद्दामा ११ महिना २३ दिन कैद र २० हजार चार सय रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको छ ।

जरिवाना र कैद भुक्तानको लागी तनहुँ अदालत उपस्थित गराएर कारागार चलान गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.